नेपाल ग्रामिण विकासको लिलामीको संस्थापक सेयर १९ जनालाई वितरण

Dec 14, 2017 Merolagani

निर्धन उत्थान लघुवित्त (NUBL) ले आफ्नो स्वामित्वमा रहेको नेपाल ग्रामिण विकास (NGBBL) को एक लाख ४५ हजार ५७२ कित्ता लिलामीको संस्थापक सेयर बुधबार बाँडफाँड गरेको छ ।

सेयरको विक्री प्रबन्धकको काम गरेको एनआइएबिएल क्यापिटलले दिएको प्रारम्भिक तथ्याङ्क अनुसार २२० रुपैयाँ कट अफ मूल्य निर्धारण भएको छ । २२० रुपैयाँ आवेदन गर्नेले समानुपातिक रुपमा मात्र सेयर पाउने र २२१ रुपैयाँमा शिलबन्दी बोलपत्र पेश गर्ने आवेदकले मागे अनुसार नै सेयर प्राप्त गरेको क्यापिटलले जनाएको छ ।

संस्थापक सेयरका लागि आवेदन दिएका ५६ जना आवेदकमध्ये १९ जनाले सेयर प्राप्त गरेको क्यापिटलले जनाएको हाे । संस्थापक सेयरका लागि अधिकतम ३६२ रूपैयाँ सम्मकाे अावेदन परेकाे थियाे । निर्धन उत्थानले यस लिलामीबाट झण्डै चार कराेड रूपैयाँ  कमाएकाे छ ।

निर्धनले यसअघि ग्रामिण बिकास बैकको संस्थापक सेयर ३०० रुपैयाँ प्रतिकित्ता न्यूनतम मूल्यमा आवेदन गर्न पाउने गरि ल्याईएकोमा ४६ हजार मात्र विक्री भएपछि पुन मंसिर १२ गतेदेखि एक सय रुपैयाँ घटाएर न्यूनतम प्रतिकित्ता २०० रुपैयाँमा लिलामी विक्रीमा ल्याएको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ग्रामीण विकासले एक करोड ८० लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी वार्षिक १२ रुपैयाँ ९६ रुपैयाँ कायम गरेको छ । नेपाल ग्रामीणकाे साधारणा सेयर विहीबार प्रतिकित्ता  ७५१ रूपैयाँमा काराेबार भएकाे छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।