वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन नीतिगत सुधारको खाँचो

Dec 15, 2017 RSS

देशमा प्रयाप्त राेजगारीकाे अवसर प्राप्त नहुँदा नेपाली युवालार्इ वैदेशिक राेजगारीमा जानुपर्ने अवस्था नियतिजस्तै बन्न पुगेकाे छ । राष्ट्रिय योजना आयोगकाे पछिल्लो विवरणअनुसार नेपालबाट वार्षिक पाँच लाखको हाराहारीमा वैदेशिक रोजगारीमा जाने गरेका छन् । तर वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन नीतिगत संरचनामै सुधार गरिनुपर्ने खाँचो देखापरेकाे छ ।

आप्रवासन दिवसको अवसरमा पिपुल फोरमले राजधानिमा आयोजना गरेको सुरक्षित वैदेशिक रोजगारी विषयक अन्तरक्रियामा सहभागी वक्ताले आप्रवासी कामदारको सुरक्षित गन्तब्य प्रवर्द्र्धनका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराए । 

फोरमका सल्लाहकार एवं अधिवक्ता सोम लुईंटेलले वैदेशिक रोजगारीलाई सुरक्षित तुल्याउन नीतिगत सुधारदेखि चेतना अभिवृद्धिका अभियानलाई प्रभावकारी बनाइनुपर्ने बताएका छन् ।  

सरकारले वैदेशिक रोजगार ऐन संशोधनको तयारी गरेको र अहिले श्रम मन्त्रालयबाट प्राविधिक रायको लागि कानून मन्त्रालयमा पुगेको जानकारी दिँदै उनले यसले वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

अधिवक्ता नरेन्द्र खनालले वैदेशिक रोजगारीका लागि जाने कामदारलाई कसरी सुरक्षित बनाउने भन्नेबारे ग्रामीण तहसम्म सचेतनात्मक कार्यक्रम लैजानुपर्ने खाँचो रहेकाे औँल्याएका थिए । 

पत्रकार सुनिल न्यौपानेले ‘सुरक्षित वैदेशिक रोजगारीका लागि सञ्चारकर्मीको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्दै वैदेशिक रोजगारीका बिकृतजन्य विषय मात्र नभई राज्य र सरोकारभएका निकायको ध्यान खिच्ने गरी कामदारको संवेदनशीलतालाई ख्यालमा राखेर समाचार सम्प्रेषण हुनुपर्ने बताए ।  

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।