नेपाल स्टक एक्सचेञ्जकाे आगलागी छानबिन समिति गठन

Dec 15, 2017 RSS

नेपाल स्टक एक्सचेञ्जमा बुधबार राति भएको आगलागीको मूल्यांकन गर्न अर्थ मन्त्रालयका एक अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । सो समितिमा नेपाल धितोपत्र बोर्ड, स्टकका अधिकारीसमेत सदस्य रहने स्टकका वरिष्ठ अधिकृत मुराहरि पराजुलीले जानकारी दिए । समितिमा को को रहने भन्ने बारेमा अन्तिम टुंगो अहिले लागेको छैन ।

आगलागीका कारण स्टकको ५० लाखभन्दा बढी क्षति भएको हुनसक्ने देखिएको छ । यस्तै बीमा कम्पनी शिखर इन्स्योरेन्सले समेत छानबिन शुरु गरेको छ । “थप क्षति कति भयो भन्नेबारेमा अध्ययनबाट मात्रै थाहा हुन्छ, छानबनि प्रक्रिया प्रारम्भिकरुपमा शुरु भएको छ” –पराजुलीले भने । 

उता आगलागीका कारण विहीबार दुर्इ घण्टा य बन्द भएको धितोपत्र बजार सकारात्मक देखिएन । स्टकको केन्द्रीय सर्भर नै नचलेपछि कारोबार एक घण्टा ५५ मिनेटपछि शुरु भएको थियो । बजार सामान्यतया बिहान ११ बजेदेखि शुरु हुने भए पनि अागलागिका कारण दिउँसाे १ बजेदेखि मात्र धिताेपत्र काराेबार शुरु भएको थियो । साेही कारण बजार भने साँझ ५ बजेसम्म खुला रहेको थियो ।

नेप्सेका अनुसार विहिबार कुल १५३ कम्पनीको १४ लाख ८४ हजार ३६१ कित्ता सेयर रु ४५ करोड ३१ लाख ४४ हजार ९२९ मूल्यमा कारोबार भएको छ ।

नेप्से परिसूचक भने शुन्य दशमलव ५९ बिन्दुले घटेर एक हजार ५२० अंकमा पुगेको छ । आज व्यापार तीन दशमलव १३, फाइनान्स चार दशमलव २३, उत्पादन चार दशमलव ०९ र अन्य समूह १३ दशमलव ५९ बिन्दुले बढेको थियो । यस्तै बैंकिङ एक दशमलव ९३, होटल २७ दशमलव ६४, विकास बैंक एक दशमलव ५८, जलविद्युत् २३ दशमलव ४८ र बीमा समूह २० दशमलव ५७ बिन्दुले घटेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।