काबेलीको लिलामी सेयर किन्ने शुक्रबार अन्तिम दिन

Dec 15, 2017 Merolagani

काबेली विकास बैंकले मंसिर १९ गतेदेखि लिलामीमा राखेको १२ हजार ५८७ कित्ता सेयरमा शिलबन्दी बोलपत्र पेश गर्ने शुक्रबार अन्तिम दिन रहेको छ ।

बैंकले भदौ १८ गतेदेखि कात्तिक १५ गतेसम्म जारी गरेको ५० प्रतिशत हकप्रदमा अवितरित साधारण समूहतर्फको सेयर लिलाम गर्न लागेको हो ।

बैंकको सेयर विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । लिलामी सेयरमा विक्री प्रबन्धक र ग्लोबल आईएमई बैंकको शाखा कार्यालयहरु विरागनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट बोलपत्र आवेदन प्राप्त गर्न र बुझाउन सक्नेछन् ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

तोकिएका सबै लिलामी संकलन केन्द्रबाट क्यापिटलको कार्यालयमा बोलपत्र प्राप्त भैइसकेपछि बोलपत्र खुला गरिने मिति, समय र स्थानको जानकारी दिईने उल्लेख छ ।

बैंकले माउण्ट मकालु डेभलपमेन्ट बैंकलाई १००: ८८ अनुपातमा एक्वायर गर्न पुस १० गते विशेष साधारण सभा बोलाएको छ । चालु आर्थिक बर्षको प्रथम त्रैमासमा बैंकले दुई करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको सेयर विहीबार प्रतिकित्ता ३६० रुपैयाँमा कारोबार भएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।