प्रथम त्रैमासमा दुई करोड नोक्सानी व्यहोरेको फाइनान्सले राख्यो साधारण सभामा ६०% हकप्रद प्रस्ताव

Dec 15, 2017 Merolagani

चालु आवको प्रथम त्रैमासमा दुई करोड एक लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको सिर्जना फाईनान्सले चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद जारी गर्ने भएको छ ।

फाईनान्स कम्पनीले पुस २२ गते बोलाएको साधारण सभामा गत आर्थिक बर्षको नाफाबाट चुक्ता पूँजीको ३२.२० प्रतिशत बोनस वितरण गर्ने र बोनस वितरण पश्चात कायम पूँजीको १० बराबर ६ कित्ता अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत गरेको छ । 

सिर्जनाले ३२.५० प्रतिशत बोनस सेयर वितरण गर्न पुस ८ गतेदेखि पुस २२ गतेसम्म सेयरधनी किताब बन्द गर्ने निर्णय गरेको छ । यसअनुसार फाइनान्सको बोनस प्राप्त गर्न पुस ७ गतेसम्म सेयरधनी भैसक्नुुपर्नेछ ।
साधारण सभामा कम्पनीले बोनसमा लाग्ने कर तिर्न ५१ लाख ७२ हजार ६३१ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

मोरङको विराटनगरमा मुख्य कार्यालय रहेको सिर्जना फाइनान्सको चूक्ता पूँजी ३० करोड २४ लाख रुपैयाँ रहेको छ । बोनस वितरण गरेपछि कम्पनीको चुक्ता पूँजी ४० करोड ६ लाख ८० हजार रुपैयाँ पुग्नेछ ।

चालु आवको प्रथम त्रैमासिक प्रतिवेदन अनुसार फाइनान्सले तीन करोड ७४ लाख रुपैयाँ संम्भावित कर्जा नोक्सानी व्यवस्था गरेपछि दुई करोड एक लाख रुपैयाँ खुद नोक्सानीमा पुगेको छ । कम्पनी प्रतिसेयर आम्दानी बार्षिक २६ रुपैयाँ ६६ पैसा नोक्सानीमा रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।