प्रुडेन्सियल इन्स्योरेन्सले पुस १६ देखि ३० प्रतिशत हकप्रद जारी गर्ने,अास्वाबाटै गर्न सकिन्छ अावेदन

Dec 15, 2017 Merolagani

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी (PICL) ले अगामी पुस १६ देखि ३० प्रतिशत हकप्रद जारी गर्ने भएको छ । कम्पनीले १० बराबर ३ अनुपातमा एक सय रूपैयाँ अंकित दरकाे १२ लाख ८३ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

हकप्रद सेयर विक्री गर्न कम्पनीले एनआईसी एशिया क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको छ ।

हकप्रद जारी गर्न इन्स्योरेन्स कम्पनीले मंसिर १५ गते सेयरधनी किताब बन्द गरेकाले मंसिर १४ गतेसम्म इन्स्योरेन्स कम्पनीको सेयरधनी बनेका सबै सेयरधनीले हकप्रद पाउनेछन् । हकप्रद भर्ने अन्तिम दिन माघ २१ गते रहेको छ ।

हकप्रदमा आस्वा सदस्यमा सहभागि रहेका सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सकिनेछ । साथै सेयरधनीले विक्री प्रबन्धकको कार्यालय बबरमहल, र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका केन्द्रीय तथा सम्पूर्ण शाखा कार्यालयबाट हकप्रदमा अावेदन गर्न सकिनेछ ।

हाल कम्पनीको चुक्ता पूँजी ४२ करोड ७६ लाख ८० हजार रहेको छ । ३० प्रतिशत हकप्रद निष्कासन पश्चात कम्पनीको चुक्ता पुँजी ५५ करोड ५९ लाख ८४ हजार रुपैयाँ पुग्नेछ । मंसिर १ गते शुक्रबार सम्पन्न कम्पनीको १६औं वार्षिक साधारणले चुक्ता पूँजी ४२ करोड ७६ लाख ८० हजार रूपैयाँकाे २० बोनस सेयर पारित गरेको छ । बोनस पूँजीकरण गर्दा ६४ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी नाघ्नेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

बीमा समितिको निर्देशन अनुरुप ३५ करोड ८५ लाख रुपैयाँ पूँजी वृद्धि गरि २०७५ असार मसान्तसम्म कम्पनीले एक अर्ब रुपैयाँ कायम गर्नुपर्नेछ ।

चालु आवको प्रथम त्रैमासमा कम्पनीले दुर्इ कराेड ५२ लाख खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २३ रुपैयाँ ६० पैसा कायम गरेको छ । कम्पनीको सेयर विहीबार प्रतिकित्ता ८९२ रुपैयाँमा कारोबार भएको छ । कम्पनीमा संस्थापक/साधारण सेयर अनुपात ८०:२० रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।