हिमालय जनरल इन्स्योरेन्सले तोक्यो बुकक्लोज, साधारण सभा कहिले ?

Dec 15, 2017 Merolagani

हिमालयन जनरल इन्स्योरेन्स (HGI) ले नगद लाभांश वितरण गर्न सेयरधनी किताब बन्द गर्ने मिति निर्धारण गरेको छ । पुस ३० गते डाकेकाे बार्षिक साधारण सभाका लागि कम्पनीले पुस १४ गतेदेखि सेयरधनी किताब बन्द गर्ने भएको हाे ।

यसअनुसार पुस १३ गतेसम्म इन्स्योरेन्स कम्पनीको सेयरधनी रहेकाले कम्पनीले प्रस्ताव गरेको १५ प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन् । बीमा समितिको निर्देशन अनुसार पूँजी तयार गरिसकेको हुनाले यस बर्ष बोनस सेयर भने कम्पनीले बितरण गरेको छैन । 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

हिमालयनले गत असारमा कायम चुक्ता पूँजी ३८ करोड ५२ लाख रुपैयाँको १५ प्रतिशत (५ करोड ७७ लाख ८० हजार रुपैयाँ) नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ। तर उसले भदौ ९ गतेसम्म १६६.६७ प्रतिशत हकप्रद निष्काशन गरी चुक्ता पूँजी एक अर्ब दुई करोड ४७ हजार रुपैयाँ पुर्याएको छ ।

पछिल्लो व्यवस्था अनुसार कम्पनीहरुले प्रस्ताव गरेको लाभांस सेयरधनी पुस्तिका बन्द हुने मितिसम्म कायम सेयर धनीले पाउनेहुनाले हकप्रदलाई हिसाब गर्दा सेयरधनीले १५ प्रतिशत नभई ५.६६४ प्रतिशत मात्र नगद लाभांश पाउनेछन् ।

चालू अावकाे प्रथम त्रैमासमा दुर्इ कराेड २३ लाख रूपैयाँ खुद नाफा कमाएकाे इन्स्याेरेन्स कम्पनीकाे सेयर विहीबार प्रतिकित्ता ६०२ रूपैयाँमा काराेबार भएकाे छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।