आरएसडीसी लघुवित्तको झण्डै २ लाख कित्ता सेयर लिलामीमा

Dec 15, 2017 Merolagani

आरएसडीसी लघुवित्त (RSDC) ले दुई सय प्रतिशत हकप्रदमा अवितरित सेयर पुस ११ गतेदेखि १८ गतेसम्म लिलाम बढाबढमा विक्री गर्ने भएको छ । लघुवित्त कम्पनीले संस्थापक र साधारण सेयर गरि कुल एक लाख ९५ हजार ७०७ कित्ता सेयर बेच्न लागेको हो ।

लघुवित्तले लिलामी ल्याउन लागेको सेयरमध्ये साधारण समूहको ९३ हजार २७ कित्ता रहेको छ भने एक लाख दुई हजार ६८० कित्ता संस्थापक सेयर रहेको छ । 

लिलामी सेयरको बिक्री प्रबन्धक एनआइबिल क्यापिटल मार्केट रहेको छ । लिलामीमा एनआईबिल क्यापिटल लाजिम्पाट, शाखा कार्यालय लगनखेल र चिप्लेढुङ्गा पोखरा तथा आरएसडिसीको कार्यालय बुटवल तथा नेपाल इन्भेष्टमेष्ट बैंकको शाखाहरु विराटनगर, वीरगञ्ज, सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढीबाट आवेदन गर्ने व्यवस्था रहेको छ ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी मूल्य अंकित गरि शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लघुवित्तले गत असोज २ देखि कात्तिक २० गतेसम्म हकप्रद बिक्री आब्हान गर्दा अवितरित सेयर लिलामीबाट बिक्री गर्न लागेको हो ।

चालु आर्थिक बर्षको प्रथम त्रैमासमा आरएसडिसीले ५६ लाख ८५ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १९ रुपैयाँ ७७ पैसा कायम गरेको छ । विहीबार लघुवित्तको सेयर प्रतिकित्ता १२८६ रुपैयाँमा कारोबार भएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।