उन्नति माइक्रोफाइनान्सकाे एक करोड ६५ लाखको आइपीओ स्वीकृत

Dec 15, 2017 Merolagani

उन्नति माइक्राेफाइनान्स वित्तीय संस्था (UMBSL) ले एक करोड ६५ लाख रुपैयाँ बराबरको एक लाख ६५ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको आईपीओ धितोपत्र बोडबाट शुक्रबार स्वीकृत भएको छ । अबकाे दुर्इ महिना भित्रमा कम्पनीले अाइपीअाे सर्वसाधरणमा जारी गरिसक्नेछ ।

३ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी भएको माइक्रोफाइनान्सको आइपिओ पश्चात चुक्ता पूँजी ५ करोड ५० लाख पुग्नेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको उन्नतिले लुम्बिनी अञ्चलका पाँच जिल्ला रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँचीसहित प्युठान, मनाङ, मुस्ताङ, पर्वत लगायत दश जिल्लामा वित्तीय सेवा दिँदै आएको छ ।

कम्पनीले चालु आर्थिक बर्षको प्रथम त्रैमासमा ४५ लाख १० हजार रुपैयाँ खुद नाफा नाफा कमाएको छ भने जगेडा कोषमा एक करोड ९३ लाख रुपैयाँ सञ्चित रहेको छ । यसअवधिमा कम्पनीले १९ करोड १२ लाख रुपैयाँ निक्षेप संकलन गरको छ भने ६७ करोड ४० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।