कार्यक्रममा अध्यक्ष चापागाईँले बीमालाई बाध्यताको कारण नभै आफ्नो सम्पत्तिको सुरक्षाका रूपमा लिन आग्रह गर्दै बीमा गर्ने बानी बसाल्न अनुरोध गरे । उनले सबैलाई आफनो चल, अचल सम्पत्तीको बीमा गरेर ढुक्क भएर व्यापार व्यसाय विस्तार गर्न आग्रह समेत गरेका छन ।
कम्पनीका अध्यक्ष हेमराज ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गराउन देशैभरी शाखा संजाल विस्तार गर्ने बताए ।
ढकालले कम्पनीले १० बराबर ८ शेयर अनुपातमा हकप्रद जारी गरेर चुक्ता पूँजी ९७ करोड २० लाख ?पैयाँ पुर्याउने लक्ष्य रहेको बताए ।उनले अबको दुई महिनामा १६ वटा शाखा कार्यालय खोल्ने जानकारी दिए ।
न्यूरोड शाखा सहित कम्पनीले २३ वटा शाखा, २ वटा सम्पर्क कार्यालय तथा १० वटा सेवा काउण्टरह? र प्रधान कार्यालय सहित ३६ स्थानबाट सेवाग्राहीहरूलाई सेवा दिँदै आइरहेको छ ।