साताको नेप्से परिसूचक गत साताको अन्तिम दिन विहीबारकोे तुलनामा १६.३९ अंकले घटेको छ भने यो साताको पहिलो दिन आइतबारको तुलनामा १०.३४ अंकले घटेर अन्तिम दिन १५२०.१५ अंकमा पुगेको छ । भ्याटको बिषयले चर्चा पाएको सातभरको सेयरबजार पाँच कारोबार दिनमध्ये एक दिन मात्र सकारात्मक रह्यो ।
। यस साता नेपाल स्टक एक्सचेन्जमा १७९ कम्पनीहरुको दुई अर्ब ९२ करोड ८३ लाख छ हजार रुपैयाँ बराबरका ५७ लाख ९५ हजार कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ६१.५४ प्रतिशत बढी हो । साता १७३ कम्पनीहरुको एक अर्ब ८१ करोड २७ लाख ८२ हजार रुपैयाँ बराबरका ३३ लाख ७० हजार छ सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
यस साता कारोबारमा आएका दश उपसूचकमध्ये उत्पादन र अन्य सूचक मात्र सकारात्मक रहेका छन् । व्यापार समूहमा कुनै परिवर्तन आएन भने बाँकी समूह ओरालो लागेका छन् ।
यस साता ललिपुर फाइनान्सको सेयरमूल्य सबैभन्दा बढी २४ प्रतिशतले बढेको छ । यसै साता यो कम्पनीले समस्याग्रस्त संस्थाबाट मुक्त भएको हो । महुली लघुवित्त, कुर्वेर मर्चेन्ट, बोटलर्स नेपाल काबेली विकास बैंक लगायतका सेयरधनीले कमाएका छन् । कुर्वेर मर्चेन्ट पनि यसै साताबाट समस्याग्रस्तबाट मुक्त भएको हो ।
यस साता हिमालयन जनरल इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यो कम्पनीको सेयरमूल्य ११ प्रतिशत बढीले घटेको छ । त्यस्तै सांग्रिला डेभलपमेन्ट बैंक छ्याङ्दी हाइड्रो लगायतका कम्पनी धेरै गुमाउनेमा परेका छन् ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।