सानिमा माई हाईड्राले साधारण सभामा राख्यो अर्को कम्पनी एक्वायर गर्ने प्रस्ताव

Dec 17, 2017 Merolagani

सानिमा माई हाईड्रोपावरले सानीमा हाईड्रोपावरलाई किन्ने (एक्वायर) भएको छ । कम्पनीले पुस २८ गते बाेलाएकाे छैटौं बार्षिक साधारण सभामा सो प्रस्ताव गरेको हो ।

साथै सानीमा हाईड्रोपावरलाई एक्वायरका लागि आवश्यक कार्य गर्न सञ्चालक समतिलाई अख्तियारी प्रदान गर्ने, कम्पनीले रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तनका लागि नियमावली संसोधन गर्ने भएकाे छ ।

त्यस्तै सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने, सञ्चालकको बैठक भत्ता वृद्धि लगायतका मुख्य प्रस्ताव समेत रहेका छन् । 

कम्पनीले स्मार्ट क्याफे एण्ड व्याङक्वेटमा विहान ११ बजे साधारण सभा आह्वान गरेको हो । सभाका लागि कम्पनीले पुस १४ गतेदेखि २८ गतेसम्म सेयरधनी किताब बन्द गर्ने निर्णय गरेको छ । यसअनुसार पुस ८ गतेसम्म कायम रहेका सेयरधनीले सभामा सहभागि हुन पाउनेछन् ।

एक अर्ब पाँच करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले हालै मात्र शतप्रतिशत हकप्रद विक्री गरि चुक्ता पूँजी दोब्बर (दुर्इ अर्ब ११ करोड) बनाएको छ ।

चालु आवको प्रथम त्रैमासमा १५ करोड १९ लाख ८२ हजार हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको सेयर विहीबार प्रतिकित्ता ५२६ रुपैयाँमा कारोबार भएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।