गुहेश्वरीको ४५ हजार ८७६ कित्ता शेयर पुष १३ देखि लिलामीमा आउने

Dec 17, 2017 merolagani

गुहेश्वरी मर्चेन्ट एन्ड फाइनान्स (GMFIL) ले सर्वसाधारण समूहको ४५ हजार ८७६ कित्ता सेयर लिलामी  गर्दैछ । लिलामी भर्ने समय पुष १३ देखि पुस २० गतेसम्म तोकिएको छ ।

लगानीकर्ताले लिलामीका न्यूनतम १०० रूपैयाँलाई आधार मानेर आवेदन दिनुपर्नेछ । फाइनान्सले १२ देखि मंसिर १८ गतेसम्म हकप्रद बिक्री गर्दा अवितरित सेयरलाई लिलाम गर्न लागेको हो  ।

लिलामीको लागि बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट्स रहेको छ । आबेदन गर्न चाहनेले क्यापिटलको कार्यालय लाजिम्पाट काठमाडौं तथा शाखा कार्यालयहरू लगनखेल, ललितपुर र चिप्लेढुंगा पोखराबाट आवेदन दिन सक्नेछन ।

नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, सुर्खेत, बीरगञ्ज, नेपालगञ्ज, बुटवल, नारायणगढ र धनगढी शाखा कार्यालयबाट पनि आवेदन दिन सकिने व्यवस्था मिलाएको क्यापिटलले मिलाएको छ । लिलामी सेयर बिक्रीपछि भने कम्पनीको चुक्ता पुँजी ६९ करोड ८ लाख ७५ हजार ६९ रूपैयाँ पुग्नेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।