जनसेवी लघुवित्तले करीब ३ करोडको साधारण सेयर जारी गर्दै

Dec 17, 2017 merolagani

जनसेवी लघुवित्त वित्तीय संस्था (JSLBSL) ले २ करोड ९४ लाख रूपैयाँ बरावरको साधारण सेयर निष्कासन गर्ने भएको छ । पर्वतको कुश्मामा केन्द्रीय कार्यालय रहेकोे लघुवित्तको दोस्रो साधारण सभाले सर्वसाधारणका लागि दुई लाख ९४ हजार कित्ता सेयर जारी गर्ने निर्णय गरेको हो ।


दश जिल्ला कार्यक्षेत्र रहेको लघुबित्तको हाल चार करोड ९० लाख रूपैयाँ चुक्ता पुँजी रहेको छ । लघुवित्तले ०७० असोज बाट कारोवार सूरु गरेको थियो ।

लघुवित्तले रूकुम , रोल्पा ,पर्वत , बाग्लुङ, म्याग्दी, गुल्मी, कास्की, लमजुंङ, तनहुँ, गोर्खाका विभिन्न १८ स्थानबाट वित्तिय सेवा प्रबाह गरिरहेको छ ।

साधारणसभाले १ बराबर १ को अनुपातमा संस्थापक हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।