सेयरमूल्य समायोजन

Dec 17, 2017 merolagani

नेपाल एसबीआई बैंक (SBI)  र लुम्बिनी जनरल इन्स्याेरेन्सLGIL) को सेयर मूल्य समायोजन भएको छ । नेप्सेले एसबीआई बैंकको १५.४२ प्रतिशत बोनस सेयरपछि सेयर मूल्य प्रतिकित्ता ६४५ रूपैयाँ कायम गरेको  छ ।

बैकको औसत मूल्य भने ८४८ रूपैयाँ रहेकाे छ । एसबीआईले पुस १९ मा वार्षिक साधारण सभा गर्न शुक्रवार बुक क्लोज गरेको हाे ।

यसैगरी लुम्बिनी जनरल इन्सोरेन्सले १३ प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन गरेको छ । लुम्बिनीको बोनस समायोजनपछि सेयर मूल्य ६८३ रूपैयाँ कायम भएको छ । यसको औसत आधार मूल्य ८०३ रूपैयाँ निर्धारण भएकाे छ ।

लुम्बिनीले आगामी पुष १४ गते सभा साधारण सभा गर्न शुक्रवार नै बुक  क्लोज गरेकाे हाे ।

आइतबार यी दुवै कम्पनीको सेयर कारोबार समायोजित मूल्यलाई आधार मानेर खुलेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।