बैंकको विशेष प्रस्तावमा गत बर्षको मुनाफाबाट १४.४० प्रतिशत बोनस सेयर वितरण गर्नुका अतिरिक्त उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जान सक्ने वा स्वेदेशी तथा विदेशी साझेदारीमा जान आवश्यक सहमति र सम्झौता गर्न संचालक समितिलाई अख्तियारी दिने लगायत रहेका छन् ।
बैंकले साधारण सभा प्रयोजनका लागि पुष ११ गतेदेखी शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । बैंकको प्रस्तावित लाभांश पाउन र साधारण सभामा भाग लिन पुष १० गतेसम्म सेयरधनी कायम हुनुपर्नेछ ।
गत बर्ष त्रिवेणी विकास बैंकलाई गाभेको जनताको चुक्ता पूँजी ६ अर्ब ९९ करोड ३६ लाख रुपैयाँ छ । प्रस्तावित एक अर्ब ७० लाख ९१ हजार ९३५ रुपैयाँ अर्थात १४.४० प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी आठ अर्ब ७ लाख ८५ हजार ९२५ रुपैयाँ कायम हुनेछ ।
गत आवमा ६४ करोड १८ लाख खुद नाफा कमाएको जनता बैंकले गत आर्थिक बर्षको नाफा तथा सञ्चित जगेडा कोषबाट उक्त्त रकमको बोनस वितरण गर्ने भएको हो ।
बैंकले चालु आवको प्रथम त्रैमासमा ६ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी तीन रुपैयाँ ७१ पैसा कायम गरेको छ ।