नयाँ नेपाल र मिथिला लघुवित्तले बोनस र हकप्रद पारित गर्न बोलाए साधारणसभा, बुक क्लोज कहिले ?

Dec 18, 2017 merolagani

नयाँ नेपाल लघुवित्त विकास बैंक (NNLB) ले २० प्रतिशत बोनस प्रस्ताव पारित गर्न पुस २७ गते वार्षिक साधारण सभा बोलाएको छ । त्यस्तै मिथिला लघुवित्त (MLBBL) ले २५ प्रतिशत बोनस पारित गराउन पुस २९ गते बार्षिक साधारण सभा गर्ने भएको छ । दुवै कम्पनीले साधारणसभामा हकप्रदको प्रस्ताव समेत पारित गराउदैछन् ।



नयाँ नेपाल लघुवित्तले २० प्रतिशत बोनसका साथै कर तिर्न १.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारण सभामा लैजादै छ ।

यसका लागि कम्पनीले पुस १२ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्देछ । कम्पनीको लाभांश पाउन पुस ११ गतेभित्र नयाँ नेपालको सेयरधनी बनिसक्नुपर्नेछ । साथै कम्पनीले बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीको २५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पेश हुनेछ ।

२० प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी २ करोड ४० लाख रुपैयाँ पुग्नेछ । यो पुँजीमा २५० प्रतिशत हकप्रद निष्कासनपछि लघुवित्तको चुक्ता पुँजी ८ करोड ४० लाख रुपैयाँ हुनेछ ।

मिथिलाको साधारण सभा पुस २९ गते 

मिथिला लघुवित्तले साधारण सभाको लागिे पुस १४ गतदेखिे बुक क्लोज हुने जनाएको छ । यसअनुसार पुस १३ सम्म लघुबित्तको सेयर किन्ने तथा साबिकका सेयरधनीले बोनस पाउनेछन ।

साधारण सभाले २५ प्रतिशत बोनसका साथै बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । साधारण सभामा पचास प्रतिशत हकप्रद शेयर दिने प्रस्ताव पनि लगिदै छ ।

बोनस र हकप्रद शेयरपछि लघुवित्तको चुक्तापूँजी नौ करोड ८९ लाख पुग्नेछ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।