एनएलजी इन्स्योरेन्सले प्रस्ताव गर्यो लाभांस, कति आउँदैछ बोनस र नगद ?

Dec 18, 2017 merolagani

निर्जीवन बीमा कम्पनी एनएलजी इन्स्योरेन्स कम्पनी (NLG) ले गतबर्षको कमाईबाट २५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । साथै कम्पनीले बोनसमा लाग्ने कर वापतको नगद लाभांस समेत दिने भएको छ ।



कम्पनी संचालक समितिको बैठकले हाल कायम पूँजीको २५ प्रतिशत अर्थात १२ करोड ८० लाख ८१ हजार २५० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । साथै कम्पनीले बोनस बापतको करका लागि १.३१ प्रतिशत अर्थात ६७ लाख ४१ हजार ११६ रुपैयाँ नगद वितरण गर्ने भएको छ ।

कम्पनीले प्रस्ताव गरेको लाभांस वीमा समितिको स्वीकृतिपश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

हाल कम्पनीको चुक्ता पूँजी ५१ करोड २३ लाख रुपैयाँ छ । बोनसपछि कम्पनीको पूँजी ६४ करोड नाघ्नेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।