तारागाउँ होटल्सद्धारा लाभांश घोषणा

Dec 18, 2017 Merolagani

तारागाउँ रिजेन्सी होटल (TRH) ले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिको आईतबार सम्पन्न बैंकले सेयरधनीलाई करसहित ७.३६८ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको हो ।

 



कम्पनी सञ्चालक समितिको आईतबार सम्पन्न बैंकले गत आवमा कमाएको २८ करोड सात लाख ७२ हजार रुपैयाँ खुद नाफाबाट सेयरधनीलाई नगद वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले प्रस्ताव गरेको लाभांस कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।

तारागाउँ रिजेन्सी होटल्सकाे गत आर्थिक बर्षको चौथो त्रैमासिक प्रतिवेदन अनुसार  कम्पनीको चुक्ता पूँजी एक अर्ब ८८ करोड ६६ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी १४ रुपैयाँ ८८ पैसा कायम गरेको छ ।कम्पनीको सेयरमूल्य साेमबार प्रतिकित्ता ३२० रुपैयाँ रहेको छ । 

प्रत्यक्ष नियमनकारी निकाय नभएका जलविद्युत्त, होटल्स जस्ता कम्पनीहरुलाई कडा नियमन गर्नुपर्ने आवश्यकता भने पछिल्लो समय बढ्दै गएको छ । यस्ता कम्पनीहरुले वित्तीय विवरण समेत निश्चित समयमा निकाल्ने गरेका छैनन् भने कतिपय कम्पनीले प्रकाशित नै गर्ने नगरेको पाईन्छ । तारागाउँले समेत प्रथम त्रैमासको प्रतिवेदन हालसम्म प्रकाशित गरेको छैन ।

यी कम्पनीहरूलार्इ धितोपत्र बोर्डजस्ता नियामक निकाय बनाएर कडाई गर्नुपर्ने देखिन्छ । सम्बन्धित कम्पनीका सेयरधनीले यस्ता कम्पनीहरुको जानकारी तथा सूचना समयमा प्राप्त गर्न नसक्ने अवस्था हाल विद्यमान रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।