हिमालयन जनरल इन्स्योरेन्स २५ औं वर्षमा प्रवेश गरेपछि जनायो यस्तो प्रतिवद्धता

Dec 18, 2017 Merolagani

नेपालकै पहिलो एक अर्ब रुपैयाँ पूँजीकृत निर्जीवन बीमा कम्पनी हिमालयन जनरल इन्स्योरेन्स २५ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा कम्पनीले आगामी दिनहरुमा सेवा प्रदान गर्न सक्ने व्यवसायिक तथा संस्थागत सामाजिक दायित्व निर्वाह गर्द अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

साथै कम्पनीले आगामी वर्षहरुमा सामाजिक सेवा क्षेत्रमा योगदान प्रदान गर्ने तथा भविष्यमा गरिने कार्य सम्वन्धि लक्ष्यहरु घोषणा गरेको छ । उसले आफ्नो प्रगती तथा आफूले प्रदान गर्ने सेवाहरुको लागि दीर्घकालिन लक्ष्य लिएको जनाएको छ ।

बीमा व्यवशाय र बीमाको क्षेत्रमा प्रविधि र सामाजिक कल्याणलाई एकसाथ ल्याउने अग्रगामी प्रयासलाई निरन्तरता दिईरहने कम्पनीको भनाई छ ।

कम्पनीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले कम्पनीलाई शुरुका दिन देखि नै मार्गदर्शन गर्ने सवैमा कृतज्ञता ज्ञापन गर्दै आउँदो वर्षहरुमा यी क्षेत्रमा चिरस्थायी र अझ महत्वपूर्ण योगदान गर्ने कुरामा विश्वस्त व्यक्त गरे ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।