सनराइज बैंकको दशौं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत बोनस पारित

Dec 18, 2017 Merolagani

सनराइज बैंक (SRBL) को सोमबार सम्पन्न दशौं वार्षिक साधारण सभाले १५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकले हकप्रद सेयरले समेत पाउने गरि १५ प्रतिशतका दरले एक अर्ब ६ करोड ३३ लाख ७६ हजार ८५० रुपैयाँको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यसबाट बैंकको चुक्ता पूँजी ८ अर्ब भन्दा बढी पुगेकोे छ ।

उक्त साधारण सभाले निर्वाचन सम्पन्न नभए सम्मका लागि संस्थापक शेयरधनी समुह “क” को तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकहरुलाई संचालक समितिमा निरन्तरता दिने प्रस्ताव समेत सर्वसम्मत रुपले पारित गरेको छ ।

त्यस्तै बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लिमिटेडको २०७४ आषाढ मसान्तसम्मको वासलात तथा आ.व. २०७३/७४ को नाफा–नोक्सान हिसाव र नगद प्रवाह सहितको एकिकृत वित्तीय विवरण स्वीकृत गरेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

सनराइजको हाल शाखाहरुको संख्या ७० र ए.टि.एम.को संख्या ८७ रहेको छ । जसमध्ये काठमाडौं उपत्यका भित्र २९ शाखाहरु र उपत्यका बाहिर ४१ शाखाहरु रहेका छन् ।

बैंकले सनराइज सेफ डिपोजिट लकर सुविधा, भिसाडेबिट कार्ड, मोबाइल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, रेमिट्यान्स, सन्राइज माइक्रो बैंकिङ्ग लगायत आधुनिक बैंकिङ्ग सेवाहरु समेत प्रदान गर्दै आइरहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।