बैंकले पुस २५ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, टुंडिखेलमा १० औँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त साधारण सभाले २७ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै उक्त साधारणसभाले संचालक समितिको निर्वाचन समेत गर्ने बैंकले जनाएको छ । विराटलक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको बैंकले लगानीकर्ताको थाप्लोमा कर बोकाउने निर्णय गरेको छ । बैंकले गत वैशाख १७ गते भन्दा पछाडी बनेका शेयरधनीले लाभांस वापतको कर आफै तिनुपर्ने जनाएको छ । ०७४ बैशाख १७ गते सम्म कायम शेयरधनीले भने लाभांस वापतको कर छुट पाउनेछन् ।
बैंकले हाल कायम चुक्ता पूँजी ६ अर्ब ३२ करोड ५४ लाख रुपैयाँको २७ प्रतिशतले हुने १ अर्ब ७० करोड ७८ लाख रुपैयाँ बराबरको बोनस बितरणको प्रस्ताव गरेको हो । बोनस बितरण पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ३ करोड ३३ लाख रुपैयाँ पुग्नेछ ।