सिद्धार्थ बैंक र पोखरा फाइनान्सको हकप्रद स्वीकृत

Dec 19, 2017 Merolagani

नेपाल धितोपत्र बोर्डले सिद्धार्थ बैंकको १० प्रतिशत तथा पोखरा फाइनान्सको १५ प्रतिशत हकप्रद मंगलबार स्वीकृत गरेको छ ।

सिद्धार्थ बैंकले चुक्ता पूँजी ६ अर्ब ६२ करोड ८८ लाख ७९ हजार रुपैयाँको १० प्रतिशत बराबरको ६८ लाख २६ हजार ११७ दशमलव १९ कित्ता हकप्रद जारी गर्न अनुमति प्राप्त गरेको हो ।

हकप्रद पश्चात चुक्ता पूँजी सात अर्ब ५० करोड ८७ लाख रुपैयाँ नाघ्नेछ । आठ अर्ब पूँजी कायम गर्न अपुग रकम बैंकले गत आर्थिक बर्षको नाफाबाट बोनस वितरण गर्नुपर्नेछ ।

यो हकप्रद तेस्रो पटक निष्काशन हुन लागेको हकप्रदका लागि अनिवार्य रुपमा क्रेडिट रेटिङ गराउनु पर्ने भएकाले ढिला गरि मात्र स्वीकृत भएको हो ।

चालु आवको प्रथम त्रैमासमा बैंकले २१ करोड ६४ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको सेयरमूल्य मंगलबार प्रतिकित्ता ३८२ रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स 

उता पोखरा फाईनान्सको एफपीओपछि कायम चुक्ता पूँजी ६५ करोड ५७ लाख ८८ हजार २०० रुपैयाँको १५ प्रतिशत हकप्रद स्वीकृत भएको छ । फाइनान्सले ९ लाख ८३ हजार ६८२ दशमलव ७४ कित्ता हकप्रद विक्री गर्न अनुमति पाएको हो ।

हकप्रद विक्रीपछि फाइनान्सको चुक्ता पूँजी ७५ करोड ४१ लाख ५६ हजार ४३० रुपैयाँ पुग्नेछ । राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजी कायम गर्न गत आर्थिक बर्षमा कमाएको ८ करोड ७७ लाख नाफाबाट ५ करोडको बोनस वितरण गर्नुपर्ने देखिन्छ ।

चालु आवको प्रथम त्रैमासमा फाइनान्स कम्पनीले एक करोड ४८ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको सेयरमूल्य मंगलबार प्रतिकित्ता २१० रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।