सेन्ट्रल फाइनान्सको हकप्रद र मितेरीको बोनसपछि सेयरमूल्य समायोजन

Dec 19, 2017 Merolagani

नेपाल स्टक एक्सचेञ्जले मंगलबार सेन्ट्रल फाइनान्स (CFCL) को ५० प्रतिशत हकप्रद र मितेरी डेभलपमेन्ट बैंक (MDB) को ३१.४८ प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन गरेको छ । दुबै कम्पनीले मंगलबार बुकक्लोज गरेपछि मूल्य समायोजन भएको हो । यसआधारमा पुस ३ गतेसम्म कायम रहेका सेयरधनीले क्रमश हकप्रद तथा बोनस पाउनेछन् ।

नेप्सेले सेन्ट्रलको ५० प्रतिशत हकप्रदलाई समायोजन गरि प्रतिकित्ता सेयरमूल्य १४८ रुपैयाँ निर्धारण गरेको छ । यसअनुसार फाइनान्सको सेयर कारोबार मंगलबार खुलेको छ । कम्पनीको १८० दिनको सेयर कारोबारका आधारमा औसत आधार मूल्य भने १७१ रुपैयाँँ कायम भएको छ । 

सेन्ट्रलले २६ लाख ३ हजार ३१४ दशमलव ७५ कित्ता हकप्रदमा एनआइबिएल क्यापिटल मार्केट मार्फत निष्काशन गर्न लागेको छ । हकप्रद जारी हुने भने तोकिएको छैन । चालु आवको प्रथम त्रैमासमा फाइनान्स कम्पनीले २१ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

उता मितेरी डेभलपमेन्ट बैंकको ३१.४८ प्रतिशत बोनसपछि मंगलबार नै मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको बोनसपछि समायोजित सेयरमूल्य प्रतिकित्ता ३७३ रुपैयाँ निर्धारण गरेको छ । यसअनुसार बैंकको सेयर कारोबार खुलेको छ ।

 

 

 बैंकको १८० दिनको सेयर कारोबारका आधारमा औसत आधार मूल्य भने ५२७ रुपैयाँँ कायम भएको नेप्सेले जनाएको छ । बैंकले गत आर्थिक बर्षको नाफाबाट बोनस वितरण गर्न मंगलबार बुकक्लोज गरेको हो । यसअनुसार पुस ३ गतेसम्म सेयरधनी बनेका सेयरधनीले बोनस प्राप्त गर्नेछन् । मितेरीले पुस २२ गते साधारण सभा आह्वान गरेको छ ।

३८ करोड दुई लाख ९३ हजार रुपैयाँ चुक्ता पूँजी रहेको मितेरीले चालु आवको प्रथम त्रैमासमा दुई करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २४ रुपैयाँ ५१ पैसा कायम गरेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।