उक्त साधारण सभाले शतप्रतिशत बोनसका साथै कर प्रयोजनका प्रतिसेयर पाँच रुपैयाँ छब्बिस पैसाको दरले नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । चार्टर्डले गत बर्षको कमाई र जगेडाकोषमा रहेको रकम उपयोगगरी उक्त परिमाणको लाभांस वितरण गर्ने घोषणा गरेको हो ।
बैंकले गत आर्थिक बर्षमा १ अर्ब ३८ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै सभामा अधिकृत पुँजी वृद्धि गरी ९ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव समेत पारित गर्ने तथा साधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्न एक जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम रहेको छ ।
हाल बैंकको चुक्ता पूँजी चार अर्ब ५७ लाख रुपैयाँ छ । शतप्रतिशत बोनसपछि बैंकको पूँजी आठ अर्ब एक करोड नाघ्नेछ ।
बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ४८ करोड २५ लाख ३१ हजार रुपैया खुद नाफा आर्जन गरेर प्रतिशेयर आम्दानी वार्षिक ४८ रुपैया १८ पैसा कायम गरेको छ ।