गोर्खाज फाइनान्सको साधारण सभामा यस्ता छन् मुख्य एजेण्डा

Dec 20, 2017 Merolagani

गोर्खाज फाइनान्स (GUFL) ले पुस २५ गते २३ औं साधारण सभा बोलाएको छ । कम्पनीले अनुपम फुड ल्याण्ड बत्तिस पुतलिमा बिहान ११ बजे साधारण सभा आह्वान गरेको हो ।

गत आर्थिक बर्षमा १३ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेपनि कम्पनीले कुनै लाभांश भने वितरण नगर्ने भएको छ । साधारण सभाको विशेष प्रस्तावमा लेखा परिक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने, आर्थिक वर्षको मुनाफाको आधारमा राष्ट्र बैंकको परिपत्र अनुसार १ प्रतिशत सामाजिक उत्तरदायित्व बहन गर्न खर्च गर्न व्यवस्था थप गर्ने रहेको छ ।

त्यस्तै बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन २०७३ अनुसार फाइनान्सको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने र नियमनकारी निकाय बाट आएको निर्देशन अनुरुप नियमावली संसोधन गर्न सञ्चालक समितिलाई आवश्यक सम्पुर्ण अख्तियारी प्रदान गर्ने रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

साधारण सभाको लागि कम्पनीले पुस १४ गतेदेखि २५ गतेसम्मका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । सोही अनु्सार पुस १३ गतेसम्म कारोबार भई कम्पनीको शेयर पुस्तिकामा कायम रहेका सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन पाउनेछन् ।

५० प्रतिशत हकप्रदपछि फाइनान्स कम्पनीको चुक्ता पूँजी राष्ट्र बैंकले ताेकेकाे न्यूनतम पूँजीभन्दा बढी ८६ करोड ७९ लाख रुपैयाँ पुगेको छ । चौथो त्रैमासिक प्रतिवेदनमा भने कम्पनीले हकप्रदमा अवितरित १० लाख ५५ हजार कित्ता सेयरको पूँजीकरण नगरि ७६ लाख २४ हजार रुपैयाँ मात्र देखाएको छ ।  कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ रहेको छ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।