अरुण फाइनान्सले राख्यो १८०% को हकप्रद प्रस्ताव, संस्थापक सेयर अनुपात ५१% मा झारिने

Dec 20, 2017 Merolagani

अरुण फाइनान्स कम्पनी (ARUN) ले पुस २७ गते बोलाएको आफ्नो २१ औं वार्षिक साधारणसभा १८० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव राखेको छ । साथै कम्पनीले संस्थापक सेयर अनुपात ५१ प्रतिशतमा घटाउने भएकाे छ ।

समस्याग्रस्त संस्थाबाट प्रगतिपथमा लम्किँदै गरेको कम्पनीले हाल कायम चुक्ता पूँजी ३० करोड रुपैयाँको १८० प्रतिशत हकप्रद जारी गरेर राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी कायम गर्ने बाटोमा जान लागेको हो । तर कम्पनीले मर्जर तथा एक्वीजिशन गर्न आवश्यक सम्पुर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव समेत राखेकाे छ ।

फाइनान्स कम्पनीले पुस २७ गते होटल द रत्न ईन, धरानमा बिहान ११ बजे डाकेको छ । सभामा संस्थाको सेयर स्वामित्व संस्थापकतर्फ ६० र सर्वसाधारणतर्फ ४० प्रतिशत रहेकोमा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थापक सेयर ५१ र सर्वसाधारण सेयर ४९ प्रतिशत कायम गर्ने प्रस्ताव राखिएको छ ।

त्यस्तै कम्पनीले आफ्नो नाम र लोगो समेत परिवर्तन गर्ने भएको छ । सञ्चालकहरुको भत्ता वृद्धि, र फाइनान्स कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने लगायतका प्रस्ताव रहेका छन् ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

सो सभाको लागि कम्पनीले पुस ११ गतेदेखि २७ गतेसम्मका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । सोही अनु्सार पुस १० गतेसम्म कारोबार भई कम्पनीको सेयरधनी बनेका लगानीकर्ता मात्र साधारण सभामा भाग लिन पाउनेछन् ।

शतप्रतिशत हकप्रदपछि अरुण फाइनान्सको हालको चुक्ता पुँजी ३० करोड पुगेकाे छ । १८० प्रतिशत हकप्रद सेयर जारी गरेर पूँजीकरण गरेपछि संस्थाको चुक्ता पुँजी ८४ करोड पुग्नेछ । समस्याग्रस्त संस्थाको चुक्ता पूँजी पुर्याउने सिमा राष्ट्र बैंकले ०७६ मंसिरसम्म तोकको छ । राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार राष्ट्रिय स्तरको फाइनान्स कम्पनीले ८० करोड रुपैयाँ न्युनतम चुक्ता पुँजी पुर्याउनुपर्ने हुन्छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।