राधी विद्युतको आईपीओमा आवेदन गर्ने आज अन्तिम दिन

Dec 21, 2017 merolagani

राधी विद्युत कम्पनी लिमिटेड (RBCLL) को निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन गर्ने आज अन्तिम दिन हो । कम्पनीले गत सोमबारदेखी ७ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको ७ लाख ६ हजार ५५० कित्ता आईपीओ बिक्रीमा ल्याएको थियो ।

कम्पनीको सेयर बिक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले निष्कासन भन्दा बढी आवेदन परेकाले बिहीबार बैकिङ समयसम्म मात्र आईपीओका लागि दरखास्त लिने जनाएको छ ।

लगानीकर्ताले न्यूनतम ५० कित्ता अर्थात पाँच हजार रुपैयाँ देखि अधिकतम ३,८०० कित्ता अर्थात ३ लाख ८० हजार रुपैयाँसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिगं लिमिटेड रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

राधीको चुक्तापुँजी ३३ करोड ३५ लाख ४० हजार रुपैयाँ छ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्तापुँजी ४१ करोड रुपैयाँ हुनेछ ।

कम्पनीले घोर्मु गाविस ३ लमजुङमा राधी खोलाको पानी उपयोग गरी ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना निमार्ण गरेको छ । कम्पनीमा लम्जुङ इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी लिमिटेड (लेड्को) को ६३.५ प्रतिशत स्वामित्व छ ।

साथै कम्पनीेले दोलखामा निमार्ण हुन लागेको ११ मेगावाटको तल्लो खारे खोला जलविद्युत आयोजनामा समेत लगानी गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।