६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, हेर्नुहोस् कसको कति ?

Dec 21, 2017 Merolagani

विहीबार गत आर्थिक बर्षको नाफाबाट बोनस वितरण गर्न लागेका ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । ६ वटै कम्पनीको लाभांश बुकक्लोज भन्दा अघिल्लो दिनसम्म सेयरधनी बनेकाले मात्र पाउने भएकाले लाभांश पाउन विहीबारसम्म सेयरधनीले हुनैपर्नेछ ।

लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेका कम्पनीहरुमा मुक्त्तीनाथ विकास बैंक, चार लघुवित्त कम्पनीहरु नेरुडे, रुरल माईक्रोफाइनान्स, सूर्योदय र सिभल रहेका छन् । सिर्जना फाइनान्सको बोनस सुरक्षित गर्ने समेत विहीबार नै अन्तिम दिन रहेको छ । 

मुक्त्तीनाथ विकास बैंक (MNBBL) ले गत आर्थिक बर्षको नाफबाट सेयरधनीलाई २० प्रतिशत बोनस तथा कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गर्देछ । यसका लागि पुस ७ गतेदेखि सेयरधनी किताब बन्द गर्ने भएकाले विहीबार सम्म कायम सेयरधनीले मात्र बोनस पाउनेछन् ।

बैंकले पुस १९ गते होटल ग्राण्ड पोखरामा ११ औं वार्षिक साधारण सभा डाकेको छ । सभामा बैंकले उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती गर्ने प्रस्ताव समेत गरेको छ । बोनसपछि बैंकको चुक्ता पूँजी दुई अर्ब ५९ करोड १७ लाख रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक बर्षको प्रथम त्रैमासमा मुक्तिनाथले १३ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २५ रुपैयाँ २६ पैसा रहेको छ । बैंकको सेयर विहीबार प्रतिकित्ता ५५३ रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ । 

नेरुडे लघुवित्त (NLBBL) ले १३ प्रतिशत बोनस तथा ७.६८ प्रतिशत नगद लाभांश वितरण गर्देछ । पुस ९ गतेदेखि बुकक्लोज गर्न लागेको लघुवित्तले पुस २९ गते ११ औं बार्षिक साधारण सभा गर्देछ । उसले उद्योग संगठन मोरङमा विहान ११ बजे साधारण सभा आह्वान गरेको छ । ३० करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्त कम्पनीको बोनसपछि ३४ करोड ५८ लाख रुपैयाँ पूँजी पुग्नेछ ।

नेरुडेले चालु आवको प्रथम त्रैमासमा ४१ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको सेयर विहीबार प्रतिकित्ता ९९९ रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ ।

रुरल माईक्रोफाइनान्स (RMDC) ले पाँच प्रतिशत बोनस तथा १.५ प्रतिशत नगद लाभांश वितरण गर्देछ । पुस ७ गतेदेखि बुकक्लोज गर्न लागेको लघुवित्तले पुस २८ गते १९ औं बार्षिक साधारण सभा गर्देछ । उसले युनाईटेड वल्र्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा विहान ११ बजे साधारण सभा आह्वान गरेको छ ।

६९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्त कम्पनीको बोनसपछि ७२ करोड ६७ लाख रुपैयाँ पूँजी पुग्नेछ । रुरल माईक्रोले चालु आवको प्रथम त्रैमासमा पाँच करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको सेयर विहीबार प्रतिकित्ता ७३१ रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ ।

सूर्योदय लघुवित्त कम्पनी (SLBS) ले गत आर्थिक बर्षको नाफाबाट १९ प्रतिशत बोनस तथा १ प्रतिशत नगद लाभांश वितरण गर्देछ ।

पुस ८ गतेदेखि बुकक्लोज गर्न लागेको लघुवित्तले पुस २२ गते पाँचौ बार्षिक साधारण सभा गर्देछ । उसले पालुवा मन्टेश्वरी स्याङ्जामा विहान ८ बजे साधारण सभा आह्वान गरेको छ ।

चार करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्त कम्पनीको बोनसपछि चार करोड ७६ लाख रुपैयाँ पूँजी पुग्नेछ ।सूर्योदयले चालु आवको प्रथम त्रैमासमा ४७ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको सेयर विहीबार प्रतिकित्ता १३१८ रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

त्यसैगरि सिभल लघुवित्त (CLBSL) ले ४.५ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ०.२३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

पुस ७ गतेदेखि बुकक्लोज गर्न लागेको सिभलले पुस २१ गते सि.डब्लु पार्टी प्यालेस कमलादीमा विहान ११ बजे साधारण सभा डाकेको छ । १० करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको बोनसपछि १० करोड ९७ लाख रुपैयाँ पूँजी पुग्नेछ ।

सिभलले चालु आवको प्रथम त्रैमासमा १८ लाख चार हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको सेयर विहीबार प्रतिकित्ता एक हजार रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ ।

उता सिर्जना फाइनान्स कम्पनी (SFFIL) ले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई ३२.५ प्रतिशत बोनस तथा १.७१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । फाइनान्सले पुस ८ गतेदेखि बुकक्लोज गर्ने भएकाले विहीबारसम्म कायम रहेका सेयरधनीले मात्र बोनस पाउनेछन् ।

फाईनान्सले पुस २२ गते १७ औं बार्षिक साधारण सभा आह्वान गरेको छ । उसले उद्योग संगठन मोरङमा विहान ११ बजे साधारण सभा आह्वान गरेको हो । ३० करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको बोनसपछि ४० करोड ६ लाख रुपैयाँ पूँजी पुग्नेछ ।

सिर्जनाले चालु आवको प्रथम त्रैमासमा दुई करोड एक लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको सेयर विहीबार प्रतिकित्ता ४६८ रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।