गरिमा विकास बैंक अझै मर्जरमा जान आतुर,लाभांस पारित गर्न बोलायो साधरण सभा

Dec 21, 2017 merolagani

गतबर्षको प्रस्तावित बोनस वितरण गरेपछि राष्ट्र बैंकले तोकको चुक्ता पूँजी पुग्ने भएपनि गरिमा विकास बैंक (GBBL) ले थप मर्जर वा एक्विजिशनमा जाने भएको छ । जसका लागि पुष २८ गते बैंकले बोलाएको एघारौं वार्षिक साधारणसभाले मर्जर तथा एक्विजिशनमा जान संचालक समितिलाई अख्तियारी दिने भएको छ ।

शुभेच्छा विकास र निलगिरी विकास बैंकलाई गाभेर बनेको गरिमा विकास बैंक अझै उपयुक्त संस्थामा मर्जरमा जान वा अन्य बैंक तथा वित्तीय संस्था एक्विजिशन गर्नका लागि ईच्छुक देखिएको हो ।

होटल पोखरा ग्राण्ड, बिरौटमा हुने बैंकको साधारणसभाले हाल कायम भएको चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गर्ने भएको छ।

साथै साधारणसभाले बैंकको शेयर संरचना परिवर्तन गर्ने र दुईजना सर्वसाधारण समुहको तर्फबाट संचालक सदस्य निर्वा्चित गर्ने भएको छ।

हाल बैंकको चुक्तापूँजी २ अर्ब २० करोड रुपैयाँ छ । १५ प्रतिशत (३३ करोड ६ लाख रुपैयाँ) बोनस वितरणपश्चात बैंकको पूँजी दुई अर्ब ५३ करोड पुग्ने छ ।

बैंकले साधारणसभा प्रयोजनका लागि पुस १४ गतेदेखि पुस २८ गतेसम्म शेयरधनी पुस्तिका बन्द गर्ने भएको छ । बैंकको लाभांस सुरक्षित गर्न पुस १३ गतेसम्म बैंकको सेयरधनी कायम हुनुपर्नेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।