यस योजना अन्तर्गत १६ वर्षको बीमितले दैनिक एक रुपैयाँ भन्दा पनि कम बचत गरेर अर्थात् वार्षिक २२३ रुपैयाँ भुक्तान गरी १ लाख ५० हजार सम्मको जीवन बीमा सुरक्षा प्राप्त गर्न सक्नेछन् ।
यस योजनाले सर्वसाधारणमा न्यून बचतबाट पनि बीमा गरेर आफू र आफ्नो परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ ।
यसअघि एशियन लाईफ्ले १६ वटा जीवन बिमा योजनाहरु संचालनमा ल्याएको छ । हाल यस कम्पनीले २५ वटा शाखा र ७० वटा उपशाखाहरुबाट ग्राहक महानुभावहरुलाई बीमा सेवा पु¥याउँदै आएको छ ।