कम्पनीले १ः१ अनुपातमा ३० लाख १९ हजार ८८६ कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो ।
कम्पनीको गत भदौ ३० मा सम्पन्न ६७ औं र ६८ औं बार्षिक साधारणसभाले ५ प्रतिशत बोनसपछि शत प्रतिशत हकप्रद बिक्री गर्नेे निर्णय गरेको थियो । कम्पनीले बीमा समितिले तोकेको चुक्तापूँजी पुर्याउने क्रममा हकप्रद बिक्री गर्न लागेको हो ।
कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल मार्केट रहको छ ।
५ प्रतिशत बोनस शेयर दिएर कम्पनीले चुक्ता पूँजी ३० करोड १९ लाख रुपैयाँ पुर्याएको छ । शतप्रतिशत हकप्रद जारी गर्दा कम्पनीको पूँजी ६० करोड ३९ लाखको हाराहारीमा पुग्नेछ ।
बीमा समितिले निर्देशन बमोजिम कम्पनीले एक अर्ब चुक्ता पूँजी पुर्याउनु पर्नेछ । निर्जीवन बीमा कम्पनीहरुले आगामी असारमसान्तसम्ममा एक अर्ब चुक्तापूँजी पुर्याउनु पर्नेछ ।