डिप्रोक्सको साधारण सभा भरतपुर गार्डेन रिसोर्ट, भरतपुरमा हुनेछ । लघुवित्तले साधारण सभामा गत वर्षको कमाईबाट १६ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ ।
साथै कम्पनीले साधारण सभामा प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने तथा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक निर्वाचनको प्रस्ताव पनि पेश गर्दैछ ।
साधारण सभाका लागि कम्पनीले पुस १४ देखि २७ गतेसम्म बुक क्लोज गर्देछ । यसअनुसार पुस १३ गतेसम्म कायम सेयरधनीले बोनस र नगद पाउनेछन् ।
हाल कम्पनीको ६० करोड ६१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । बोनसपछि बैंकको चुक्ता पूँजी ७० करोड ३१ लाख रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ५ करोड ४१ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
यसैगरी निरुडे लघुवित्तले उद्योग संघ विराटनगरको सभा हलमा पुस २९ गते विहान ११ बजे साधारण सभा बोलाएको छ ।
सभाले गत बर्षको नाफाबाट सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्देछ । कम्पनीले तीन करोड ९७ लाख ८० हजार रुपैयाँ बराबरको बोनस सेयर र २ करोड ३० लाख १३ हजार रुपैयाँको नगद लाभांश वितरण गर्न लागेको हो ।
त्यस्तै साधारण सभाले कम्पनीको अधिकृत पूँजी ४० करोड रुपैयाँबाट ६० करोड पुर्याउने भएको छ ।
साधारण सभाको लागि कम्पनीले पुस ९ गतेदेखि २९ गतेसम्मको लागि बुक क्लोज गर्ने भएकाले पुस ६ गते विहीबारसम्म लघुवित्तको सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्नेछन् ।
हाल लघुवित्तको चुक्ता पूँजी ३० करोड ६० लाख रुपैयाँ छ । बोनसपछि कम्पनीको पूँजी ३४ करोड ५७ लाख रुपैयाँ नाघ्नेछ । लघुवित्तले चालु आवको प्रथम त्रैमासमा ४१ लाख २१ हजार हजार रुपैयाँ खुद नाफा कमाएको छ ।