नेपाल कम्युनिटीको ५ लाख ९७ हजार कित्ता सेयरमा लिलामी खुल्यो,यस्ता छन् अावेदन गर्ने स्थान

Dec 22, 2017 Merolagani

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक(NCDB) ले असोज २६ देखि कात्तिक २९ गतेसम्म जारी गरेको १२० प्रतिशत हकप्रदमा अवितरित ५ लाख ९७ हजार ३४९ दशमलव ८० कित्ता सेयरमा पुस ७ गते शुक्रबारदेखि लिलामी खुलेको छ ।

बैंकले सर्वसाधारण समूहको ६७ हजार १०६ दशमलव ६४ कित्ता तथा संस्थापक समूहको ५ लाख ३० हजार २४३ दशमलव १६ कित्ता सेयर लिलाम बढाबढमा विक्री गर्न लागेको हो ।

बैंकको सेयर बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल रहेको छ । लिलामीमा बिक्री प्रबन्धकको कार्यालय लाजिम्पाट, शाखा कार्यालय लगनखेल र चिप्लेढुंगा पोखरा तथा नेपाल कम्युनिटीको केन्द्रीय तथा सम्पूर्ण शाखा कार्यालयहरुबाट लिलामीमा आवेदन गर्न सकिनेछ ।

त्यस्तै इन्भेष्टमेन्ट बैंकका विराटनगर, वीरगञ्ज, सुर्खेत नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट पनि बोलपत्र फारम प्राप्त गर्न तथा बुझाउन सकिने व्यवस्था गरिएको क्यापिटलले जनाएको छ ।

लिलामीमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्यमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । दुवै समूहमा न्यूनतम १०० कित्तादेखि अधिकतम १० ले भाग जानेगरि सबै कित्ताका लागि आवेदन गर्न सकिनेछ । संस्थापक सेयरमा साविकका संस्थापकहरुले मात्र आवेदन गर्न पाउनेछन् ।

लिलामी भर्ने अन्तिम दिन पुस १६ गते निर्धारण गरिएको छ । सबै संकलन केन्द्रबाट लिलामी आवेदन विक्री प्रबन्धकको कार्यालयमा प्राप्त भएपछि बोलपत्र खुला गरिने मिति, समय र स्थानको जानकारी सार्वजनिक सूचनाबाट गराइने क्यापिटलले जनाएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

१२० प्रतिशत हकप्रद पूँजीकरण पश्चात कम्युनिटीको चुक्ता पुँजी ४८ करोड ४६ लाख ४८ हजार ७८० रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षमा बैंकले ३ करोड ६१ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १६ रुपैयाँ ३९ पैसा कायम गरेको थियो । बैंकको सेयरमूलय विहीबार प्रतिकित्ता १५५ रुपैयाँ रहेको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।