जलविद्युत लगानी तथा विकास कम्पनीकाे साधारण पुस २८ गते

Dec 22, 2017 merolagani

जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड (HIDCL) ले आगामी पुस २८ गते हुने साधारण सभामा आफ्ना सेयरधनीहरूलाई कर सहित ५ प्रतिशतका दरले नगद लाभांस वितरण गर्ने प्रस्ताव लैजाँदैछ ।

कम्पनीले गत आर्थिक बर्षको ४९ करोड ९ लाख ७८ हजार खुद नाफाबाट ५० करोड रूपैयाँ बराबरको लाभांश वितरण गर्ने छ । साधारण सभाका लागि कम्पनीले पुस १२ गतेदेखि बुक क्लोज मिति तोकेको छ ।

पुस ११ गतेसम्म सेयर धनी कायम हुने लगानीकर्ताले नगद लाभांश प्राप्त गर्न सक्ने छन् । साधारण सभामा कम्पनकिो बोर्ड सन्चालकहरूको पनि नियुक्ति गर्दैछ ।

कम्पनीको चुक्ता पूँजी १० अर्ब रहेको छ भने जगेडा कोषमा ९८ करोड ९९ लाख ८८ हजार राखेको छ । गत आर्थिक बर्षको वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी ४ रूपैयाँ ९१ पैसा रहेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १०९ रूपैयाँ ९० पैसा छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।