ज्योति विकासको साधारण सभा पौष ३० गते,१० प्रतिशत बोनस दिने

Dec 22, 2017 merolagani

ज्योति विकास बैंक(JBBL) ले १० प्रतिशत बोनस सेयर वितरण गर्न आगामी पौष ३० गते साधारण सभा बोलाएको छ । राष्ट्र बैंकले तोकेको दुई अर्ब ५० करोड रूपैयाँ चुक्ता पूँजी पुग्नेगरी बैकले गतबर्षको कमाईबाट लाभांस घोषणा गरेको हो ।

साधारण सभाको लागि बैकले पौष १६ गतेदेखि बुकक्लोजको मिति तोकेको छ । पौष १५ गतेसम्म कायम सेयरधनीले बैकले बोनस शेयर पाउने छन ।

साधारण सभामा बैककाे चुक्ता पूजी बढाउने र अन्य बित्तीय संस्थासँग मर्जर र प्राप्ति गर्ने प्रस्तावमा पनि छलफल हुने छ ।

 

ज्योतिको चुक्ता पूँजी २ अर्ब २० करोड छ । राप्तीभेरीलाई प्राप्ति गरेको ज्योति विकास बैंकले गत कात्तिक ८ गतेबाट एकिकृत कारोबार थालेको थियो । क्षेत्रिय स्तरको राप्तीभेरी विकास बैंकलाई प्राप्ति  गरेको बैंकको चुक्तापूँजी दुई अर्ब ३६ करोड पुगेकोे छ ।  दुई बैंकको बोनस वितरणपश्चात राप्तीभेरीलाई प्राप्ति गरेको ज्योति विकास बैंकको चुक्तापूँजी झण्डै २ अर्ब ६० करोड पुग्नेछ ।

तत्कालीन राप्तभेरी विकास बैंकका सेयरधनीलाई बैंक संचालक समितिले यसअघि  नै ६ प्रतिशत अर्थात एक करोड ६ लाख बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त लाभांस बैंकको साधारणसभाले पारित गर्ने छ ।

गत आर्थिक वर्षमा ज्योतिले २६ करोड १८ लाख तथा राप्तीभेरीले एक करोड ४७ लाख रूपैयाँ खुद नाफा कमाएका थिए ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।