ग्रीन डेभलपमेन्ट बैँकले चार सय प्रतिशत हकप्रदका लागि बुकक्लोज मिति तोक्यो

Dec 23, 2017 merolagani

ग्रीन डेभलपमेन्ट बैङ्क (GRDBL) ले हकप्रद शेयर प्रयोजनका लागि बुकक्लोज मिति तोकेको छ । नेप्सेमार्फत सुचना जारी गरी बैँकले चार सय प्रतिशत हकप्रदका लागि पुस १७ गते बुक क्लोज गर्ने भएको छ ।



यस अनुसार पुस १६ गतेसम्म अर्थात बुक क्लोजको १ दिन अगाडिसम्म बैँकको शेयरधनी कायम रहेका लगानीकर्ताले मात्र हकप्रद पाउने भएका छन् ।

बैँकले यसअघि शेयरधनीहरुलाई १ बराबर ४ को अनुपातमा हकप्रद शेयर निष्काशनका लागि माघ २८ गते चौथो बार्षिक साधारणसभाको आह्वान गरिसकेको छ ।

बैंकले एक सय रुपैयाँ अंकित दरको ४० लाख कित्ता हकप्रद सेयर जारी गर्नेछ ।

बैँकको हाल १० करोड चुक्ता पुँजी रहेको छ । चार सय प्रतिशत हकप्रद बिक्रीपछि बैँकको चुक्ता पुँजी ५० करोड रुपैयाँ पुग्नेछ । बैँकले आर्थिक बर्ष २०७४/७५ को पहिलो त्रैमासमा ३० लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।