लाभांस पारित गर्न टेलिकमले पुस ३० गते साधारण सभा गर्ने,बुक क्लोज कहिले ?

Dec 24, 2017 merolagani

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (NTC) को दशौं वार्षिक साधारण सभा पुस ३० गते हुने भएको छ । सो साधारणसभा बाट टेलिकमले ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्देछ ।



साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा बिहान १० बजे सुरु हुने कम्पनीले जनाएको छ । साधारण सभाबाट लाभांसको प्रस्ताव पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते देखि ३० सम्म बुक क्लोज गर्ने भएको छ । कम्पनीको लाभांस पाउन पुस ११ गतेसम्म सेयरधनी कायम हुनुपर्नेछ ।

सभामा आर्थिक वर्ष २०७३/७४ को वार्षिक प्रतिवेदन, चालु आर्थिक वर्ष २०७४/७५ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका अन्य प्रस्ताव रहेका छन् ।

९१.४९ प्रतिशत सरकारको स्वामित्व रहेको कम्पनीमा ४.४४ प्रतिशत सर्वसाधारण, ४.०४ प्रतिशत कर्मचारी र ०.०३ प्रतिशत नागरिक लगानीकोष सेयरको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा ४ अर्ब ५ करोड रुपैयाँ खुद नाफा गरेको छ ।  कम्पनीको प्रतिसेयर आम्दानी १०८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ६४३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६.२४ गुणा छ । कम्पनीको जगेडा कोषमा ८१ अर्ब रुपैयाँ छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।