ओम र एक्सेल डेभलपमेन्ट बैंकको सेयर लिलामी भर्ने आईतबार अन्तिम दिन

Dec 24, 2017 Merolagani

ओम डेभलपमेन्ट बैंक (ODBL) को २ लाख ५२ हजार ६६९ कित्ता तथा एक्सेल डेभलपमेन्ट बैंक (EDBL) को १८ हजार २८६ दशमलव ५० कित्ता सेयरमा लिलामी भर्ने आईतबार अन्तिम दिन रहेको छ । इच्छुकले दुबै बैंकको लिलामी सेयरमा आईतबार ३ बजेभित्र शिलबन्दी बोलपत्र पेश गरिसक्नुपर्नेछ ।

ओमले हकप्रदमा अवितरित संस्थापक समूह तर्फको ४६ हजार ८२ कित्ता र सर्वसाधारण समूहतर्फको २ लाख ६ हजार ५ सय ८७ कित्ता सेयर लिलामी ल्याएको छ । बैंकले  कात्तिक २६ गतेसम्म ३० प्रतिशत हकप्रदमा अवितरित सेयर लिलाम बढाबढमा विक्री गर्न लागेको हो ।

इच्छुक लगानीकर्ता व्यक्ति वा संघसंस्थाले न्यूनतम १०० रुपैयाँ मूल्य राखी साधारणतर्फको न्यूनतम १०० कित्ता तथा संस्थापक तर्फको सेयरको लागि न्यूनतम एक हजार कित्ताका लागि आवेदन दिन सक्ने बताइएको छ ।

बैंकको सेयर बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल रहेको छ । बिक्री प्रबन्धकको काठमाण्डौ लाजिम्पाटस्थित मुख्य कार्यालय, ललितपुरको लगनखेलस्थित शाखा कार्यालय, ओम डेभलपमेन्ट बैंक लिमीटेडका पोखरास्थित केन्द्रीय कार्यालय र बुटवलस्थित शाखा कार्यालयकाय आवेदन बुझाउन सकिनेछ ।

त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकका विराटनगर, सुर्खेत, वीरगञ्ज, नेपालगञ्ज र धनगढीस्थित शाखा कार्यालयबाट शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

चालू आर्थिक बर्षको प्रथम त्रैमासिक अवधिमा बैंकले तीन करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ९ रुपैयाँ ११ पैसा कायम गरेको छ । बैंकका सेयरमूल्य आईतबार प्रतिकित्ता २४४ रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

उता एक्सेलको १८ हजार २८६ दशमलव ५० कित्ता साधारण सेयरमा लिलामी भर्ने पनि आईतबार नै अन्तिम दिन रहेको छ । बैंकले असोज १८ देखि कात्तिक २१ गतेसम्म ५० प्रतिशत हकप्रदमा अवितरित सेयर लिलाम बढाबढमा विक्री गर्न लागेको हो ।

लिलामी सर्कान इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक एस क्यापिटल तथा एक्सेल डेभलपमेन्ट बैंकको कार्यालय विराटनगर र विर्तामोडबाट शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

धितोपत्र बोर्डले काठमाडौं बाहिरका सात शहरबाट लिलामी आवेदन बुझ्न दिएको निर्देशन अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकका वीरञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, सूर्खेत र धनगढी शाखाबाट समेत यस लिलामीमा आबेदन बुझाउन सकिनेछ एस क्यापिटलले जनाएको छ ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य तोकि शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । न्यूततम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइनेछ ।

चालू आर्थिक बर्षको प्रथम त्रैमासिक अवधिमा बैंकले तीन करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ८१ पैसा कायम गरेको छ । बैंकको सेयरमूल्य आईतबार प्रतिकित्ता ३८६ रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ ।

दुबै बैंकको विक्री प्रबन्धकले तोकिएका सबै लिलामी संकलन केन्द्रहरुबाट बोलकबोल आवेदन विक्री प्रबन्धकको कार्यालयमा प्राप्त भएपछि बोलपत्र खुला गरिने मिति, समय र स्थानको सार्वजनिक सूचना प्रकाशित गरि जानकारी दिने उल्लेख गरेका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।