तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 24, 2017 Merolagani

आइतबार शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक(SHINE), महिला सहयात्रा लघुवित्त (MSMBS), किसान माइक्रोफाइनान्स वित्तीय संस्था (KMFL) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

शाइन रेसुङ्गाले अम्रपाली कटेज एन्ड रेष्टुरेन्ट बुटवलमा पुस २२ गते हुने ९ अाैं साधारण सभाका लागि पुस १० गतेदेखि बुक क्लोज गर्दैछ । बैंकको पुस २२ मा हुने साधारण सभाले गत आर्थिक बर्षको ३४ करोड ९६ लाख २० हजार रुपैयाँ खुद नाफाबाट (१७%) २७ करोड ५७ लाख २३ हजार एक सय रुपैयाँ बोनस वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैकले बोनस सेयरमा लाग्ने कर तिर्न नगद लाभांश प्रस्ताव नगरेकाले बोनसमा लाग्ने कर भने सेयरधनीले नै तिर्नुपर्नेछ । सभामा शाइनले जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोही बमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि पेश गर्दैछ ।

एक अर्ब १० करोड २८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको २५ प्रतिशत बोनसपछि एक अर्ब ३७ करोड रुपैयाँ नाघ्नेछ । चालू आवको पहिलो त्रैमासमा बैंकले ६ करोड ५० लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । आइतबार बैंकको सेयरमूल्य प्रतिकित्ता सेयरमूल्य ३९६ रुपैयाँ हाराहारीमा रहेको छ ।

...{शाइन रेसुंगाको बोनस राष्ट्र बैंकद्धारा स्वीकृत}..

यसैगरी महिला सहयात्रा लघुवित्तको पुस २८ डाकेको पाँचौ साधारण सभाका लागि सोमबारदेखि बुकक्लोज गर्ने भएकाले आईतबारसम्म काय सेयरधनीले मात्र बोनस पाउनेछन् ।

लघुवित्तले मकवानपुरको चित्लाङ्गमा हुने साधारण सभामा गत बर्षको ८९ लाख १४ हजार रुपैयाँ खुद नाफाबाट  लघुुवित्तले पाँच प्रतिशत बोनस सेयर र बोनस सेयरको कर प्रयोजनका लागि ६० लाख ५० हजार रुपैयाँ नगद लाभांश वितरण गर्दैछ ।

१२ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको बोनसपछि १२ करोड ७० लाख ५० हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । चालू आर्थिक बर्षको प्रथम त्रैमासमा कम्पनीले २५ लाख  ५७ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४६ पैसा कायम गरेको छ । आइतबार कम्पनीको सेयरमूल्य प्रतिकित्ता सेयरमूल्य ८६६ रुपैयाँ हाराहारीमा रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

यसैगरी किसान माइक्रोफाइनान्स वित्तीय संस्थाको पनि बोनस सेयर र लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । पुस ११ गतेदेखि कम्पनीले बुक क्लोज गर्ने मिति तोकेकाले आइतवारसम्म सेयर खरीद गर्नेहरुले बोनस प्राप्त गर्न र साधारणसभामा सहभागी हुन पाउनेछन् ।

माईक्रोफाइनान्सले होटल मुनबुन कैलालीमा पुस २४ गते साधारण सभा आह्वान गरेको छ । सभामा लघुवित्तले गत आर्थिक वर्षमा कमाएको एक करोड ४३ लाख ६० हजार रुपैयाँ खुद नाफाबाट २५  प्रतिशत बोनस सेयर वितरण गर्ने तथा कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव अनुमोदन गर्देछ ।

 

 

 

तीन करोड २२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको बोनसपछि चार करोड दुई लाख ५० हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । यसअघि कम्पनीले २४.२२ प्रतिशत हकप्रद विक्री गरिसकेकाे छ यसकाे पूँजीकरण पछि कम्पनीकाे पूँजी थप ७८ कराेड रूपैयाँ बढ्नेछ । 

चालू आर्थिक बर्षको प्रथम त्रैमासमा कम्पनीले १२ लाख  ११ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १५ रुपैयाँ ०४ पैसा कायम गरेको छ । आइतबार कम्पनीको सेयरमूल्य प्रतिकित्ता सेयरमूल्य २३६१ रुपैयाँ हाराहारीमा रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।