सपोर्ट माइक्रोफाइनान्सले डाक्यो विशेष साधारण सभा

Dec 24, 2017 Merolagani

सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था (SMFBL) ले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीले पुस २८ गते शुक्रबार बिहान ११ बजे संस्थाको केन्द्रीय कार्यालय इटहरीमा विशेष साधारण सभा डाकेको हो ।

लघुवित्तले साधारण सभाबाट यसअघिकाे व्यवस्थालार्इ संसाेधन गरि संस्थापक तर्फबाट ४ जना सञ्चालक, सर्वसाधारणबाट २ जना र स्वतन्त्रमा १ जना सञ्चालक कायम गर्ने प्रस्तावमाथि छलफल गरि पारित गर्नेछ । 

त्यस्तै वित्तीय संस्थाको विद्यमान सञ्चालक हुनका लागि नियमावली २०७१ को नियम २८ बमोजिम आवश्यक पर्ने शेयर संख्या एक हजार कित्ताबाट घटाएर एक सय कित्ता भए पुग्ने बनाउने प्रस्ताव रहेको छ ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा सपोर्ट २१ लाख ३६ हजार नोक्सानीमा रहेको छ । संस्थाको सञ्चालन मुनाफा २९ लाख ३३ हजार ऋणात्मक छ भने निष्क्रिय कर्जा बढेर ३.८६ प्रतिशत पुगेको छ । 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।