पोखरा फाईनान्सले हकप्रद जारी गर्न तोक्यो बुकक्लोज

Dec 24, 2017 Merolagani

पोखरा फाईनान्स (PFL) ले १५ प्रतिशत हकप्रद जारी गर्न पुस १४ गते सेयरधनी किताब बन्द गर्ने भएको छ । यसअनुसार पुस १३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रद भर्न पाउनेछन् ।

फाइनान्स कम्पनीले एफपीओपछि कायम चुक्ता पूँजी ६५ करोड ५७ लाख ८८ हजार २०० रुपैयाँको १५ प्रतिशतले हुने ९ लाख ८३ हजार ६८२ दशमलव ७४ कित्ता हकप्रद विक्री गर्न लागेको हो ।

हकप्रद विक्रीपछि फाइनान्सको चुक्ता पूँजी ७५ करोड ४१ लाख ५६ हजार ४३० रुपैयाँ पुग्नेछ । राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजी कायम गर्न गत आर्थिक बर्षमा कमाएको ८ करोड ७७ लाख नाफाबाट ५ करोडको बोनस वितरण गर्नुपर्ने देखिन्छ ।

चालु आवको प्रथम त्रैमासमा फाइनान्स कम्पनीले एक करोड ४८ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको सेयरमूल्य आईतबार प्रतिकित्ता २१० रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।