काबेली विकास बैंकको शिलबन्दी बोलपत्र पुस ११ गते खुला हुने

Dec 24, 2017 Merolagani

काबेली बिकास बैंक (KEBL) ले पुस ११ गते लिलामी सेयरको बोलपत्र खुला गर्ने भएको छ । बैंकको सेयर विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आफ्नै कार्यालयमा दिँउसो ३:३० बजे बोलपत्र खुला हुने बताएको छ ।

बैंकले भदौ १८ गतेदेखि कात्तिक १५ गतेसम्म ५० प्रतिशत हकप्रद जारी गर्दा अवितरित १२ हजार ५८७ कित्ता सेयर मंसिर १९ गतेदेखि २९ गतेसम्म लिलामीमा ल्याएको थियो । 

बैंकले माउण्ट मकालु डेभलपमेन्ट बैंकलाई १००:८८ अनुपातमा एक्वायर गर्न पुस १० गते विशेष साधारण सभा बोलाएको छ ।

चालु आर्थिक बर्षको प्रथम त्रैमासमा बैंकले दुई करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको सेयर विहीबार प्रतिकित्ता ३६० रुपैयाँमा कारोबार भएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।