लुम्बिनी जनरल इन्स्योरेन्सको साधारणसभा पुस १४ गते, यस्ता छन् प्रस्ताव

Dec 25, 2017 Merolagani

लुम्बिनी जनरल इन्स्योरेन्स (LGIL) ले पुस १४ गते १३ औं बार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको १६७ औं बैठकले अमृतभोग, कालिकास्थानमा विहान ११ बजे साधारण सभा बोलाएको हो ।

कम्पनीले साधारण सभामा शतप्रतिशत हकप्रदपछि कायम भएको चुक्ता पूँजी ७८ करोड रुपैयाँको १२.८२ प्रतिशत (१० करोड रुपैयाँको) बोनस वितरण प्रस्ताव गरेको छ । बोनसमा लाग्ने कर प्रयोजनका लागि कम्पनीले ०.६७ प्रतिशत बराबरको ५२ लाख ६३ हजार १५८ रुपैयाँ नगद वितरण गर्नेछ । 

त्यस्तै संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकहरुको निर्वाचन गर्ने, चालू आवको लेखापरिक्षक नियुक्ति गर्ने तथा पारिश्रमीक तोक्ने, र नियामक निकायले दिएको निर्देशन अनुरुप कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने तथा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव रहेका छन् ।

कम्पनीको बोनस मंसिर २८ गतेसम्म कायम सेयरधनीले प्राप्त गर्नेछन् । बोनस वितरण पछि इन्स्योरेन्सको चुक्ता पूँजी ८८ करोड रुपैयाँ पुग्नेछ । बीमा समतिको निर्देशन अनुरुप कम्पनीले थप १२ करोड पूँजी वृद्धि गर्नुपर्ने देखिन्छ ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा लुम्बिनी जनरल इन्स्योरेन्सले तीन करोड नौं लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८४ पैसा कायम गरेको छ । इन्स्योरेन्सले यस अवधिमा २१ करोड ५० लाख खुद बीमा शुल्क आर्जन गरि ९ करोड ९६ लाखको भुक्तानी गरेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

इन्स्यारेन्सको जगेडा कोषमा १२ करोड ५३ लाख तथा बीमा कोषमा ३४ करोड १५ लाख रुपैयाँ रहेको छ । ३२ हजार १३० बीमा लेखबाट ३० करोड ७७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । उसको नविकरण गरिएको बीमालेखको संख्या चार हजार ७१० वटा रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।