बैंकले पुस २३ गते आईतबार भित्र कल इन एडभान्स अकाउन्ट ९४६४५९७०१ मा हकप्रद वापतको रकम जम्मा गर्न भनेको हो । धितोपत्र निष्काशन निर्देशिका अनुसार एक प्रतिशत भन्दा बढी सेयर स्वामित्व रहेका सेयरधनीले हकप्रद वापतको रकम हकप्रद निष्काशन पुर्व जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ । कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका संस्थापक सेयरधनीहरुले भने हकप्रद भर्न पाउने छैनन् ।
ग्रीन डेभलपमेन्ट बैंकले चार सय प्रतिशत हकप्रद विक्री गर्न पुस १७ गते सेयरधनी किताब बन्द गर्ने भएको छ । बुकक्लोजको अघिल्लो दिनसम्म कायम सेयरधनीले हकप्रद पाउने हुँदा पुस १६ गतेसम्म अर्थात अबको चार कार्यदिनभित्र कायम रहेका बैंकको सेयरधनीले मात्र हकप्रद पाउनेछन् ।
बैंकको २०७३ माघ २८ गते सम्पन्न चौथो बार्षिक साधारण सभाले एक बराबर चार कित्ता अनुपातमा ४० लाख कित्ता हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो । उक्त हकप्रदलाई धितोपत्र बोर्डले मंसिर ३ गते स्वीकृती प्रदान गरेको हो ।
बाग्लुङ्गमा प्रधान कार्यालय रहेको १० करोड रुपैयाँ रहेको ग्रीनको चुक्ता पूँजी हकप्रदपछि ५० करोड रुपैयाँ पुग्नेछ । चालू आवको प्रथम त्रैमासिक प्रतिवेदन अनुसार १५ लाख सञ्चालक नोक्सानी व्यहारेको बैंकको जगेडा कोष ७० लाख ३५ हजार ऋणात्मक रहेकोले बाेनस वितरण गर्ने अवस्था भने छैन । बैंकको सेयर आईतबार प्रतिकित्ता ५८९ रुपैयाँ रहेको छ ।