लक्ष्मी बैंकका ग्राहकहरुले भाइबर सेवा अन्तर्गत आफ्नो खाताको विवरण, व्यालेन्स, मिनि स्टेटमेन्ट लगायत अन्य थुप्रै अत्यावश्यक सूचनाहरु प्राप्त गर्न सक्नेछन् । भाइबर बैंकिङ्गबाट बैंकका शाखाहरु, एटिएम रहेका स्थान, विदेशीमुद्राको विनिमयदर, जस्ता थुप्रै जानकारी प्राप्त गर्न सकिने बैंकले जनाएको छ । साथै यो सेवा बैंकको लक्ष्मी बैंक मोबाइलमनि को एक हिस्साका रुपमा उपलब्ध रहेको छ ।
भारबर बैंकिङ्ग नेपालमा निकै छोटो समयमा अत्यधिक लोकप्रिय भएको म्यासेजिङ्ग प्लाटफर्म हो । लक्ष्मी बैंकको डिजिटल बैंकिङ्ग सेवा अन्तर्गत भाइबर सेवाले ग्राहकहरुलाई सहज तरिकाबाट बैंकमा सुविधाहरु प्राप्त गर्ने विकल्प समेत प्रदान गरेको छ ।
लक्ष्मी बैंकले सन् २००२ देखि नविनतम् प्रविधिहरुको प्रयोग गर्दै आफ्नो बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । लक्ष्मी बैंकको ७४ शाखा सञ्जाल, ३ हस्पिटल सेवा काउन्टर, ९५ ए.टि.एम, दुई हजार पाँच सयभन्दा बढी रेमिटेन्स् अनि चार सयभन्दा बढी मोबाईल एजेन्टहरु छन् ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा पहिलो पटक भाइबर सेवा सुरु गरेको थियाे । यसअघि ग्लाेबल अार्इएमर्इ बैंकले पहिलाेपटक बैंकिङ क्षेत्रमा सुरू गरेकाे थियाे भने नबिल बैंकले समेत याे सेवा प्रदान गर्दे अाएकाे छ ।