पोखरा फाइनान्सको १५ प्रतिशत हकप्रद पुस ३० गतेदेखि खुल्ने

Dec 27, 2017 merolagani

पोखरा फाइनान्स लिमिटेड (PFL) ले १५ प्रतिशत हकप्रद शेयर पुस ३० गते देखि बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यका ९ लाख ८३ हजार ६८२ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।



पुस १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम साविक शेयरधनीहरुले यस हकप्रदको लागि आवेदन दिन सक्नेछन् । हकप्रद निष्कासन बन्द हुने मिति फागुन ६ गते रहेको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

शेयरधनीहरुले विक्री प्रबन्धकका साथमा पोखरा फाइनान्सका सम्पूर्ण शाखा कार्यालय र नेपाल इन्भेष्टमेन्ट बैंकका विराटनगर, विरगंज, नेपालगंज, नारायणगढ, बुटवल र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले एफपीओ निष्काशन पश्चात चुक्ता पूँजी ६५ करोड ५७ लाख ८८ हजार कायम भएको छ । हकप्रद निष्कासन तथा बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी ७५ करोड ४१ लाख पुग्नेछ ।

राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजी कायम गर्न गत आर्थिक बर्षमा कमाएको ८ करोड ७७ लाख नाफाबाट ५ करोडको बोनस वितरण गर्नुपर्ने देखिन्छ ।

चालु आवको प्रथम त्रैमासमा फाइनान्स कम्पनीले एक करोड ४८ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।