नयाँ नेपाल लघुवित्तको २० प्रतिशत बोनसपछि सेयरमूल्य समायोजन

Dec 27, 2017 Merolagani

नयाँ नेपाल लघुवित्त (NNLB) को २० प्रतिशत बोनसपछि सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आर्थिक बर्षमा कमाएको नाफाबाट बोनस वितरण गर्न बुधबार बुकक्लोज गरेको हो । यसअनुसार मंगलबारसम्म सेयर किनेका लगानीकर्ताले बोनस पाउनेछन् ।

नेपाल स्टक एक्सचेञ्जले बोनस समायोजन गरि लघुवित्तको प्रतिकित्ता सेयरमूल्य २५५४ रुपैयाँ निर्धारण गरेको छ । १८० दिनको सेयर कारोबारको आधारमा कम्पनीको औसत आधारमूल्य १३२७ रुपैयाँ कायम भएको छ ।

लघुवित्तले पुस २७ गते होटल जुगल धुलिखेलमा विहान ११ बजे पाँचौं बार्षिक साधारण सभा बोलाएको छ । सभामा गत आर्थिक बर्ष कमाएको ७० लाख पाँच हजार रुपैयाँ नाफाबाट २० प्रतिशत बोनस तथा कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै बोनसपछि कायम हुने चुक्ता पूँजीको २५० प्रतिशत (एक बराबर दुई दशमलव पाँच कित्ता ) हकप्रद जारी गर्ने प्रस्ताव समेत गरेको छ । हकप्रदको बुक क्लोज भने कम्पनीले पछि प्रकाशित गर्नेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

दुई करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको बोनसपछि दुई करोड ४० लाख पुग्नेछ भने २५० प्रतिशत हकप्रदपछि उसको पूँजी ८ करोड ४० हजार कायम हुनेछ ।

चालू आवको प्रथम त्रैमासमा कम्पनीले दुई लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी पाँच रुपैयाँ चार पैसा कायम गरेको छ । लघुवित्त कम्पनीको सेयर मंगलबार प्रतिकित्ता ३०६५ रुपैयाँमा कारोबार भएको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।