सानिमा इक्विटी फण्डको इकाई बाँडफाँड, कसले कति पाए ?

Dec 27, 2017 Merolagani

सानिमा क्यापिटल लिमिटेड योजना ब्यबस्थापक रहि मंसिर १२ गतेदेखि २२ गतेसम्म निष्काशन गरेको सानिमा इक्विटी फण्डको इकाई मंगलबार बाँडफाँड भएको छ । आवेदन गरेका सबैले मागअनुसारको नै इकाई प्राप्त गरेको क्यापिटलले जनाएको छ ।

सानिमा म्युचुअल फण्ड अन्तर्गत पहिलो पटक निष्काशन गरेको ७ बर्षे बन्दमुखी योजना सानिमा इक्विटि फण्डले प्रति इकाई १० रुपैयाँ दरको १२ करोड इकाई विक्री खुला गरेकोमा सर्वसाधारबाट मागभन्दा बढी आवेदन परेपछि फण्डको आकार बढाएर १३ करोड इकाईमा बढाईएको छ ।

सानिमा क्यापिटलले फण्डको कोषको आकारभन्दा बढी माग आवेदन भएपछि कोषको आकार बढाएर एक अर्ब ३० करोड रुपैयाँ पर्याइएको छ ।

कुल १३ करोड इकाईमध्ये रितपुर्वक आवेदन दिने २१ हजार १३५ जना आवेदकलाई मागे बमोजिम “धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४” वमोजिम शत प्रतिशत इकाई १० करोड ९७ लाख सात हजार ३२० इकाई बाँडफाँड गरिएको छ भने बाँकी रहेको दुई करोड दुई लाख ९२ हजार ६८० इकाईलाई वीज पूँजी कायम गरिएको क्यापिटलले जनाएको छ ।

सामूहिक लगानी कोष नियमावली २०६७ वमोजिम कुल माग गरेको इकाइ संख्यामध्ये २५ प्रतिशत सम्म बढाउन पाउने ब्यवस्था रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।