टेलिकमको बुक क्लोज मिति परिवर्तन

Dec 27, 2017 merolagani

पुस ३० गते हुने दशौं वार्षिक साधारण सभाका लागि नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(NTC) ले बुक क्लोज मिति परिवर्तन गरेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले यस अघि पुस १२ गते देखि ३० सम्म बुक क्लोज गर्ने सूचना जारी गरेपनि यसलाई परिबर्तन गरेर पुष १६ देखिमात्र बुक क्लोज हुने जनाएको छ । अब कम्पनीको लाभांस पाउन पुस १३ गतेसम्म सेयरधनी कायम हुनुपर्नेछ ।

सो साधारणसभा बाट टेलिकमले ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्देछ ।

साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा बिहान १० बजे  हुने कम्पनीले जनाएको छ । साधारण सभाबाट लाभांसको प्रस्ताव पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।

सभामा आर्थिक वर्ष २०७३/७४ को वार्षिक प्रतिवेदन, चालु आर्थिक वर्ष २०७४/७५ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका अन्य प्रस्ताव रहेका छन् ।

९१.४९ प्रतिशत सरकारको स्वामित्व रहेको कम्पनीमा ४.४४ प्रतिशत सर्वसाधारण, ४.०४ प्रतिशत कर्मचारी र ०.०३ प्रतिशत नागरिक लगानीकोष सेयरको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा ४ अर्ब ५ करोड रूपैयाँ खुद नाफा गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १०८ रूपैयाँ, प्रतिसेयर नेटवर्थ ६४३ रूपैयाँ र मूल्य आम्दानी अनुपात ६.२४ गुणा छ । कम्पनीको जगेडा कोषमा ८१ अर्ब रूपैयाँ छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।